पहाडी भू-भागको एकदुई स्थानमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ असोज २७ गते ६:३५

काठमाडाैं । हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेकाे माैसम विभागले उल्लेख गरेकाे छ ।
आज देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया