शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानलाई आर्थिक सहयोग गर्न आह्वान

नेपालखोज २०७८ असोज २७ गते ८:०४

काबुल । अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने भएकाले सहयोगको लागि विश्वका मुलुकहरूलाई आह्वान गरिएको छ ।

विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको समुह ‘जि–ट्वान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरूले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन अरबौं डलर सहायताको आवश्यक भएको बताए ।

जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा छोड्न नहुने बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफ्गानिस्तानको तालिवान शाषकलाई नभएर अफ्गान नागरिकको लागि स्वतन्त्र दातृ निकाय र संगठनमार्फत सहयोग गर्नुपर्ने बताए ।

गत अगस्टमा अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि मानविय संकट उत्पन्न भएको छ । तत्कालका लागि औषधि र खानाका लागि ठूलो सहयोग आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया