शुक्रबार, वैशाख १४, २०८१

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना पुष्टि

नेपालखोज २०७७ कार्तिक ८ गते १०:५७

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।

चिकित्सकहरुको सल्लाहबमोजिम हामी होम आइसेलनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,” उनले लेखेका छन् ।

प्रतिक्रिया