दसैँमा पनि बिक्री भएन खसीबोका, व्यापारी निरास

काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारील गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दसैँ मनाउन गएकोले काठमाडौंमा खसीबोका व्यापार कम भएको बताएका छन् ।
खसीबोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा खसीबोका बेच्न बाँकी रहेको बताए ।
त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक खसी किनेको मोल नै उठाउन हम्मेहम्मे परेको गुनासो गरे । उनले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति नभएको बताए । किन्न आएका ग्राहकहरुले मुल्य थोरै दिने गरेको बताए ।
उनले कोरोना महामारीले गर्दा खसीबोका बिक्री वितरण हुन नसकेको बताए । बाहिरबाट खसीबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।

प्रतिक्रिया