दसैँमा व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

नेपालखोज २०७८ असोज २७ गते १६:१४

काठमाडौं । दशैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् । नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।

चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको हो । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । उनले खुल्ला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गरे ।

उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दसैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताए । उनले चाडवाड सुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको बताए ।

नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरु सीमापारी जाने गरेका छन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उनले बताए ।

प्रतिक्रिया