मंगलबार, वैशाख ११, २०८१

अनुपम र परिणति सगरमाथा देखेर दंग !

नेपालखोज २०७८ असोज २८ गते ७:१२

काठमाडौं । दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेकमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेकतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।

यसै क्रममा मंगलबार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणति चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै सामाजिक सन्जालमा खुसी साटेका छन् । परिणतिले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शुभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं ।’

साथै, सगरमाथासामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुसीसमेत व्यक्त गरेका छन् । बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि अनुपम खेर, परिणति चोपडा, बोमन इरानीलगायत कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहनेछ । -न्युज कारखाना

प्रतिक्रिया