मिथिला नगरीका शक्तिपीठहरुमा भक्तजनको भिड

काठमाडौं । दसैँको रौनकता बढेसँगै मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजाआराधना गर्नेको भीड लागेको छ । देशभर नेपालीहरुको महान पर्व विजया दशमी (बडा दर्सै) को अवसरमा माता दूर्गाका मन्दिरहरुमा भव्य पूजा अराधना भई रहेको हो ।
जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दर्सैमा मूर्ति निर्माणअघि विवाहित बेहुली भैँ नवदूर्गालाई माइतीमा भित्र्याउने परम्परा रहेको छ । संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गरेको गर्छन् ।
जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको र पछि उनका उत्तराधिकारी महन्तहरुले समेत सो परम्परालाई अझै जारी नै राख्दै आएको मिथिलावासीहरु बताउँछन् । मिथिला साहित्यकार नित्यानन्द मण्डलले मिथिला र बंगालको सम्बन्धको रुपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रुपमा रहेको कारणले यहा पण्डितहरु बंगाल जाने र बंगालका व्यक्तिहरु विद्या अध्ययनको लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजा गर्ने चलन सुरु भएको बताए ।
उनले त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने पम्परा त्यही कालदेखि विकास भएको हुनसक्ने बताए । तर अहिले भने आधुनिकताले छोपेकोले पहिलेको जस्तो उत्कृष्ट मूर्तिहरु नभएको उनको भनाइ छ ।
देवी देवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने र परिवारका सदस्य झैँ मधुर व्यवहार गर्ने परम्परा मिथिलावासीहरुको रहेको उनले बताए । उनले आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको र नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको दाबी गरे । मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको साहित्यकार मण्डलको तर्क छ । पूजा अवधिसम्म माइती आएकी चेलीझैँ मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ । मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर विदाई गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया