आजको मौसम सफा, प्रदेश १ र वाग्मतीमा सामान्य बदली !

नेपालखोज २०७८ असोज २९ गते ६:१०
KTM Rain

काठमाडौं । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको पनि महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) दिउँसो प्रदेश १, २, वाग्मती तथा बाँकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ । प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी नियमित बुलेटिनमा उल्लेख छ ।

यस्तै भोलि (शनिबार) पनि प्रदेश १ , २, वाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
-फाइल तस्बिर

प्रतिक्रिया