शनिबार, वैशाख २९, २०८१

४० वर्षभन्दा कम उमेरमै अर्बपति !

नेपालखोज २०७८ असोज २९ गते १६:३०

नयाँदिल्‍ली । आईआईएफएल वेल्थ एन्ड हुरुन इन्डियाले सन् २०२१ का सर्वाधिक धनी युवा भारतीयहरुको सूचि जारी गरेको छ । यो सूचीमा भारतका ती धनी व्यवसायीहरु समेटिएका छन् जसले ४० वर्षभन्दा कम उमेरमै एक हजार करोड भारुभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् ।

हुरुन इन्डियाको रिपोर्टअनुसार यी सबैको कुल सम्पत्ति (cumulative assets) मा ५१ प्रतिशतले वृद्धि दर्ता गरिएको छ भने औसत सम्पत्तिमा २५ प्रतिशतको वृद्धि देखिएको छ ।

हुरुनकाे सूचीमा सामेल मिडिया डट नेट (media.net) का दिव्‍यांक तुरखियाले केवल ३९ वर्षको उमेरमा १२ हजार ५ सय कराेड भारुबराबरकाे सम्पत्ति कमाएकाे देखिन्छ, जसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा २० हजार करोड जस्तो हुन आउँछ । दिव्‍यांक चालीस वर्षभन्दा कम उमेरका भारतीय धनीहरुकाे सूचीकाे पहिलाे स्थानमा छन् ।

अब याे सूचीमा अटाएका अन्य केही युवा भारतीय तथा उनीहरुकाे काराेबारका सम्बन्धमा पनि जानकारी लिउँ
-BrowserStack का सह-संस्थापक तथा सीटिओ नकुल अग्रवालकाे कुल सम्पत्ति १२ हजार ४ सय करोड भारतीय रुपैयाँ छ र उनी ४० वर्षभन्दा कम उमेरका सर्वाधिक धनीकाे सूचीकाे दाेस्रो स्थानमा छन् ।
-BrowserStack का सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकारी रितेश अरोडा हुरुनकाे रिच लिस्टमा १२ हजार ४ सय करोड भारुबराबरकाे सम्पत्तिका साथ तेस्रो स्थानमा छन् ।
-Confluent ks का सह-संस्थापक तथा इन्जिनियरिङ प्रमुख नेहा नरखेडे हुरुनकाे याे सूचीमा १२ हजार २ सय कराेड भारुका साथ चौथाे स्थानमा छिन् ।
-भाेल्यूमकाे हिसाबले भारतकाे सबैभन्दा ठूलो ट्रेडिङ प्लेटफर्म Z erodha का सह-संस्थापक ३५ वर्षीय निखिल कामथ पाँचौं सर्वाधिक धनी युवा भारतीय हुन् जाेसँग ११ हजार १ सय कराेड भारु बराबरकाे सम्पत्ति छ ।
-Byju का संस्थापक रिजु रवीन्द्रनसँग ८ हजार १ सय करोड भारु बराबरकाे सम्पत्ति छ । रिजु याे सूचीकाे छैटौं स्थानमा छन् ।
-Flipkart का सह-संस्थापक ३८ वर्षीय बिन्नी बंसल हुरुनकाे रिच लिस्टमा ८ हजार करोड भारुका साथ साताैं स्थानमा छन् ।
-Flipkart का अर्का सह-संस्थापक ४० वर्षीय सचिन बंसल युवा धनाड्यकाे सूचीकाे आठाैं स्थानमा छन् जाे सँग ७ हजार ८ सय करोड भारु बराबरकाे सम्पत्ति छ ।
-Ola का सह-संस्थापक ३६ वर्षीय भविश अग्रवाल ७ हजार ५ सय करोड भारतीय रुपैयाँका साथ याे सूचीकाे नवाैं स्थानमा छन्।
-Oyo का २४ वर्षीय रितेश अग्रवालले आफ्नो सम्पत्तिमा ४० प्रतिशतले वृद्धि दर्ता गराउँदै ६ हजार ३ सय करोड भारुबराबरकाे सम्पत्ति जाेडेका छन् । अग्रवाल याे सूचीकाे दशाैं स्थानमा छन् ।

प्रतिक्रिया