शुक्रबार, वैशाख २८, २०८१

प्रदेश १, २ र वाग्मतीका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज ३० गते ६:४०

काठमाडौं । आज प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा भने आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (शनिबार) प्रदेश १, २ र वाग्मतीका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यस्तै भोलि (आइतबार) दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २, वाग्मती, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १, २ र वाग्मतीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पर्सि (सोमबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मतीका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

साथै महाशाखाले प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।
-फाइल तस्बिर

प्रतिक्रिया