शुक्रबार, वैशाख २८, २०८१

आईपीएलको उपाधि चेन्नईको पोल्टामा

नेपालखोज २०७८ असोज ३० गते ९:२४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२१ को उपाधि चेन्नई सुपर किंग्सको पोल्टामा परेको छ । चेन्नईले चौथोपटक आईपीएलको उपाधि उचालेको हो । पाँचपटक उपाधि जितेको रेकर्ड मुम्बई इन्डियन्ससँग छ ।

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले दुबईमा गएराति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि उचालेको हो ।

फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।
-तस्बिर : आईपीएल

प्रतिक्रिया