प्रधानमन्त्री कप क्रिकेट : एपीएफ क्लबले जित्याे उपाधि
नेपालखोज
२०८१ माघ १२ गते १४:२७

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औँ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।
सम्बन्धित
प्रतिक्रिया