शुक्रबार, वैशाख २८, २०८१

रुकुम पश्चिममा झडप हुँदा ७ प्रहरी घाइते

नेपालखोज २०७८ असोज ३० गते १४:३१

रुकुम । रुकुम पश्चिममा स्थानीय र प्रहरीबीच झडप भएकाे छ । झडपमा सात जना प्रहरी घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार चार जनाको भने खोजी भइरहेको छ ।

शुक्रबार राति भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया