शुक्रबार, वैशाख २८, २०८१

साफको फाइनलमा भारत र नेपालका प्रशिक्षक सहभागी हुन नपाउने

नेपालखोज २०७८ असोज ३० गते १४:४५

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको आज हुने उपाधि भिडन्तमा भारत र नेपालका मुख्य प्रशिक्षकले सहभागी हुन नपाउने भएका छन् ।

पछिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकै कारण नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीलाई साफले फाइनल खेलमा प्रतिबन्ध गरेको छ भने भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमाचले पनि माल्दिभ्स विरुद्धको खेलमा रातो कार्ड पाएका थिए । त्यसैले आजको उपाधी भिडन्तमा दुई टोलीका प्रशिक्षक खेलमा उपस्थित नहुने भएका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले साफले आफूलाई कारबाही गरेर नेपालीलाई पनि अपमान गरेको बताएकाव छन् । साफको नियम अनुसार खेलाडीलाई मात्रै यो नियम लागू हुने भए पनि अन्तिमसमयमा नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायलाई सम्बोधन गर्दै पत्र पठाएर अल्मुताइरीलाई फाइनल खेलको टच लाइन र ड्रेसिङ रुममा सहभागी हुन नपाउने जानकारी गराएको छ ।

आफ्नै नियम विपरित गएर आफूलाई कारबाही गरेको प्रति आपत्ति जनाउँदै प्रशिक्षक अल्मुताइरीले यस विषयमा एन्फाले पहल गरेको बताएका छन्। साथै उनले फाइनल खेलमा आफू रंगशाला जाने र नेपाली टिमले उपाधिका लागि उत्कृष्ट प्रदर्शन गर्ने पनि उनले दाबी गरेका छन् ।

प्रतिक्रिया