प्रदेश १, २ र वाग्मतीमा सामान्य बदली, यस्तो छ ३ दिनको मौसमी विवरण

नेपालखोज २०७८ असोज ३१ गते ६:५९

काठमाडौं । प्रदेश १, २ र वाग्मतीमा सामान्य बदली तथा गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य प्रदेशहरूमा भने आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव छ ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णालीका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि (सोमबार) दि उँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिमको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका धेरै स्थानमा साथै प्रदेश १, २, वाग्मती र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिमको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यसैगरी पर्सि (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिमका थोरै स्थान तथा प्रदेश १, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका धेरै स्थानमा साथै प्रदेश १, २, वाग्मती र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिमका थोरै स्थान तथा प्रदेश १, २, कर्णाली, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै महाशाखाले प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा साथै कर्णालीका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया