शुक्रबार, वैशाख २८, २०८१

मेलम्ची-इन्द्रावती सडक पुनः अवरुद्ध

नेपालखोज २०७८ असोज ३१ गते ८:१६

सिन्धुपाल्चोक । भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो । मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए ।

उनले मौसम सुधार आउनेबित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीय दशरथ दनुवारले जानकारी दिए ।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीय यम ज्योतिले बताए । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सन्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो । -रासस

प्रतिक्रिया