सोमबार, असार २३, २०८२

लिबियाका बाढीपीडितलाई मानवीय सहायता

नेपालखोज २०८० भदौ ३० गते १७:०९

त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या परस्पर विरोधात्मक आइरहेका बेला अन्तरराष्ट्रिय मानवीय सहायता निकायले राहत सामग्री ल्याएका छन् ।

पूर्वी शहर डेर्नाका एघार हजार तीन सय मानिसले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले शुक्रबार बताएका थिए तर आज पूर्वी भेगका स्वास्थ्यमन्त्रीले तीन हजार एक सय ६६ जनाको मृत्यु भएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०का अधिकारीहरूले तीन हजार नौ सय ९८ शव भेटिएका जनाएको छ ।

डेर्नामा मात्र अझै नौ हजार जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार वेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन । सामाजिक सङ्घसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् ।

स्वच्छ खानेपानी र सरसफाइको अभावमा बाढीपीडित बिरामी पर्नसक्ने भन्दै उनले अन्तरराष्ट्रिय निकायहरूबाट पनि मानवीय सहायता प्राप्त हुन थालेको बताएका छन् ।

प्रतिक्रिया