बिहीबार, चैत १५, २०८०

अब रगत परीक्षणले सजिलै क्यान्सर पत्ता लगाउने

नेपालखोज २०८० जेठ २२ गते ५:५७

क्यान्सर विश्वव्यापी रूपमा सबैभन्दा घातक तथा बढ्दो समस्याहरू मध्ये एक हो जसका कारण प्रत्येक वर्ष लाखौंको मृत्यु हुन्छ। समयमै समस्या पहिचान गरी उपचार गर्न सके क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिने अनुसन्धानकर्ताहरू बताउँछन् । प्रारम्भिक चरणमै रोग पत्ता लागे धेरै प्रकारका क्यान्सरका बिरामीको ज्यान बचाउन सकिन्छ । यसका लागि लक्षणहरू पहिचान गरी समयमै जाँच गराउनु आवश्यक छ ।

यस दिशामा वैज्ञानिकहरूले ठूलो सफलता हासिल गरेका छन्। ल्यान्सेट ओन्कोलोजी जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले यस्तो रगत परीक्षणका बारेमा जानकारी दिएका छन् जसको सहयोगमा ५० प्रकारका क्यान्सर पत्ता लगाउन सकिन्छ । यो खोजलाई क्यान्सरको समयमै निदान गर्ने दिशामा ठूलो सफलताका रुपमा हेरिएको छ । प्रारम्भिक चरणमा यसको राम्रो नतिजा पनि देखिएको छ ।

वैज्ञानिकहरूले यो रक्त परीक्षणलाई ग्यालरी टेस्ट नाम दिएका छन् । इङ्ल्यान्ड र वेल्समा यो रगत परीक्षण क्यान्सरको लक्षण भएका व्यक्तिहरूमा गरिएको थियो। त्यस्ता करिब ५ हजार व्यक्तिमा प्रत्येक तीनमध्ये दुई जनामा ​​यो परीक्षणबाट क्यान्सरको सही पहिचान भएको बताइन्छ । यो परीक्षणबाट आगामी दिनमा क्यान्सरको जोखिम सजिलै पत्ता लगाउन सकिने र क्यान्सरका कारण हुने मृत्युदरलाई कम गर्न सहयोगी हुने बैज्ञानिकहरुको आशा छ ।

यो परीक्षण कसरी काम गर्छ ?

वैज्ञानिकहरूले ग्यालेरी परीक्षणका माध्यमबाट बिरामीको आनुवंशिक कोडको बिटमा भएका विभिन्न परिवर्तनहरू बुझ्ने प्रयास गरिएको बताए। ती बिट्स विभिन्न प्रकारको क्यान्सरबाट बाहिर निस्कन्छन्। अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो परीक्षणमा अझै काम भैरहेको बताएका छन् । उनिहरु भन्छन् ( हाम्रो प्रयास यही रगत परीक्षणको मद्दतले एकसाथ धेरै प्रकारका क्यान्सर सजिलै पत्ता लगाउने छ । क्यालिफोर्नियास्थित कम्पनी ग्रालले विकसित गरेको ग्यालेरी परीक्षणले लक्षण नभएका व्यक्तिहरूमा लुकेको क्यान्सर पनि पत्ता लगाउन सक्छ कि भनेर बुझ्ने प्रयोग भइरहेको छ ।

अन्वेषकहरूका अनुसार ग्यालरी रगत परीक्षण मार्फत क्यान्सर पत्ता लागेका ७५ प्रतिशत मानिसमा परम्परागत परीक्षणबाट पनि क्यान्सर पुष्टि गरिएको थियो । यद्यपि ग्यालरी परीक्षणले परम्परागत परीक्षण मार्फत पुष्टि भएका लगभग २।५ प्रतिशत क्यान्सर भएका व्यक्तिमा नकारात्मक नतिजा दियो । निष्कर्षका आधारमा अनुसन्धानकर्ताहरूले यो रगत परीक्षणले ८५ प्रतिशत शुद्धताका साथ रोग पत्ता लगाउन सक्ने दाबि गरेका छन् ।

के भन्छन् अनुसन्धानकर्ता ?

ग्यालरी ब्लड टेस्टका प्रमुख अनुसन्धानकर्ता मार्क मिडलटनले मिडिया लाई बताए ( क्यान्सर अझै पनि गम्भीर र जटिल समस्या हो । धेरै अवस्थामा यो तुरुन्तै स्पष्ट हुँदैन । यो रक्त परीक्षणको मद्दतले हामी धेरै प्रकारका क्यान्सर सजिलै पहिचान गर्न सक्छौं । क्यान्सर रिसर्च युकेका डा । डेभिड क्रस्बी भन्छन् ( यो परीक्षणको प्रयोगले क्लिनिकल मूल्याङ्कन गर्न मद्दत गर्न सक्छ । यद्यपि यसको शुद्धता पहिचान गर्न यसमा थप धेरै पक्षमा अनुसन्धान भैरहेको छ । यो परीक्षणले क्यान्सरको निदानमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया