शुक्रबार, वैशाख २८, २०८१

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

नेपालखोज २०७८ असोज ३१ गते १३:०१

रसुवा । घरायसी विषयमा झगडा भई कुटपिट हुँदा नौकुण्ड गाउँपालिका ५, भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छीमाया गमदानको मृत्यु भएको छ ।

आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धिबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँढीबाट आँगनमा बजारिन गई सख्त घाइते भएकी थिइन् । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएकामा उपचारका क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो ।

कुटपिटमा संलग्न बुद्धिलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । -प्रतीकात्मक तस्बिर

प्रतिक्रिया