बिहीबार, वैशाख १३, २०८१

मनै लोभ्याउने दृष्य, यस्तो छ चहलपहल ! (फोटो फिचर)

नेपालखोज २०७८ असोज ३१ गते १३:२९

काठमाडौं । पर्यटनका लागि नेपाल उर्वर क्षेत्र मानिन्छ । यहाँ आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने विभिन्न क्षेत्र छन् । कोभिड-१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल भने बढेको पाइन्छ । यद्यपि यी क्षेत्रले बाह्य पर्यटकलाई स्वागत गर्न पर्खेर बसेका छन् ।

दसैँको छुट्टीमा अहिले देशभरकै पर्यटक स्थलहरु आन्तरिक पर्यटकले चहलपहल बढाएको छ । हेरौं देशका विभिन्न स्थानका पर्यटन क्षेत्रका मनमोहक दृष्य र पर्यटन गन्तव्यमा सर्वसाधारणको भएको चहलपहल ।
हेरौं थप तस्बिर :

पोखराको पर्यटकीयस्थल फेवातालमा बाह्य तथा आन्तरिक पर्यटकको भिड ।
दाङको घोराही उपमहानगरपालिका २, रामपुरको चेपे दहमा रहेको झोलुंगे पुलमा आन्तरिक पर्यटक ।
चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका ४, च्याम्चेमा रहेको पर्यटक लोभ्याउने बुङ झरना । यसले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
लमजुङ बेँसीसहर नगरपलिका ७ मा आइतबार बिहान आएका विदेशी पर्यटक । कोरोना सङ्क्रमणले लामो सयम सुनसान बनेको पर्यटकीय बेँसीसहर बजारमा यतिबेला विस्तारै पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायले गति लिन थालेको छ ।
रामेछाप, ओखलढुंगा र सिन्धुलीको संगमस्थलनजिक गोलञ्जोर १, च्याकुटारबेँसीबाट देखिएको दृश्य ।
पोखराको पर्यटकीयस्थल फेवाताल परिसरबाट आइतबार देखिएको माछापुच्छ्रे हिमाल ।
पोखराको पर्यटकीयस्थल फेवातालको तालबाराही मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । 
बागलुङको जैमिनी नगरपालिका १०, राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोटबाट देखिएका पहाड । 
बागलुङको जैमिनी नगरपालिका १०, राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोट । 

सबै तस्बिर : रासस

प्रतिक्रिया