जबरजस्ती करणी अभियोगमा १७ वर्षीय किशोर पक्राउ
नेपालखोज
२०७८ असोज ३१ गते १३:५०

तनहुँ । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका २ पौवाका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
-प्रतीकात्मक तस्बिर
सम्बन्धित
प्रतिक्रिया