आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने
नेपालखोज
२०७८ असोज ३१ गते १४:५६

काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट हाल कायम रहेको चुक्तापुँजी एक अर्ब दुई करोड ४२ लाख ६५ हजार रुपैयाँ मध्येबाट १४ प्रतिशतले हुन आउने १४ करोड ३३ लाख ९७ हजार दुई सय १२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सका अनुसार घोषित लाभांशमध्येमा १० प्रतिशत अर्थात् १० करोड २४ लाख २६ हजार पाँच सय ८० रुपैयाँबराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने चार करोड नौ लाख ७० हजार तीन सय ३२ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।
लाभांश वितरणका सम्बन्धमा फाइनान्सको पछिल्लोपटक बसेको सञ्चालक समितिको २८७औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
सम्बन्धित
प्रतिक्रिया