सिन्धुपाल्चोकमा बस दुर्घटना : ३५ यात्रु घाइते

नेपालखोज २०७८ असोज ३१ गते १७:१८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते भएका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आज दुर्घटनामा परेको हो ।

सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौं-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौं आउँदै गरेको थियोे ।

प्रतिक्रिया