बिहीबार, वैशाख १३, २०८१

के हुन्छ निजी हवाई जहाज भित्र ?, यस्तो छ अर्बपतिहरुको कथा

नेपालखोज २०७८ असोज ३१ गते १९:४९

काठमाडौं । धनी मानिसहरुका विभिन्न सोख हुन्छन् । संसारका अर्बपतिहरु करोडौं रुपैयाँ खर्च गरेर आफ्नै निजी विमान वा क्रुजमा यात्रा गर्न रुचाउँछन् । यस्ता निजी विमान वा क्रुजमा ऐश-आरामका लगभग सबै कुरा उपलब्ध हुन्छन् ।

आखिर ती निजी विमान भित्र के हुन्छ ? धनीहरु यात्राका क्रममा त्यहाँ के गर्छन् ? कसरी समय बिताउँछन् ? यो सपनाको संसारको यथार्थ संसारका सामु ल्याउने प्रयास गरेकी छन् एक पूर्वएयरहोस्टेज (विमान परिचारिका) ले आफ्नो एक पुस्तकमार्फत । निजी विमानमा पनि पाहुना यात्रीहरुको सेवाका लागि परिचारिकाहरु राखिएका हुन्छन् । सास्किया स्वान नामकी विमान परिचारिकाले आफ्नो पुस्तकमा निजी विमानमा परिचारिकाहरुलाई विमानको सरसफाइमा लगाउनेदेखि लिएर शारीरिक सम्बन्धका लागि बाध्य तुल्याउनेसम्मको कथा बयान गरेकी छन् ।

आलिसान संसारभित्रको कालो सत्य
सास्कियाले आफ्नो पुस्तक- ‘सिक्रेट अफ ए प्राइभेट फ्लाइट अटेन्डेन्ट’ मा उल्लेख गरेअनुसार नोकरी ज्वाइन गर्न उनले आठ बुदाँको एक गोप्य सम्झौतामा हस्ताक्षर गर्नुपरेको थियो । उनका अनुसार करिब ६५ लाख रुपैयाँ वार्षिक पारिश्रमिकको प्याकेजमा उनले एक अर्बपतिको निजी विमानमा परिचारिकाको काम पाएकी थिइन् । उक्त कामका क्रममा बाहिर जाँदा उनलाई फाइभ स्टार होटेलमा राखिन्थ्यो । मोटो पारिश्रमिक र ऐश-आरामको बस उठ, यस्तो लाग्थ्यो कि उनको जिन्दगीको पूरै कायापलट भएको छ ।

पुस्तकमा उल्लेख भएअनुसार ती अर्बपति एकपटक आफ्नी पत्नीलाई लिएर लस एन्जलस गए जुन यात्रामा उनी पनि थिइन् । त्यही यात्रामा अर्बपति विमान मालिकले सास्कियासँग भने- तुरुन्तै यो विमानमा भएको मेरी श्रीमतीको सारा प्रमाण नष्ट गरिदेऊ जसमा उनकी पत्नीको काइँयो, झोला, जुत्ता आदि थिए । सास्कियीलाई धम्की पनि दिइयो कि ती अर्बपतिकी नयाँ महिला मित्रलाई पुरानी श्रीमतीका बारेमा केही थाहा नहोस् । अन्यथा उनले यो नोकरी गुमाउनुपर्नेछ ।

सास्किया लेख्छिन्- उनलाई पछि के पनि थाहा भयो भने ती अर्बपति उनबाट फ्लाइट अटेन्डेन्टको भन्दा अलग थप आशा गरिरहेका छन् ।

एकपटक न्युयोर्कको यात्राका क्रममा उनलाई स्पष्ट रुपमा ती अर्बपतिसँग शारीरिक सम्बन्ध राख्न र नमान्ने हो भने नोकरी छाड्न भनियो । सास्कियाका अनुसार त्यतिबेला उनी ऋणमा डुबेकी थिइन् । उनले आँखाभरी आँसु लिएर ती अर्बपतिको डिनरको निम्तो स्वीकार गरिन् ।

सास्कियाले आफ्नो पुस्तकमा एक साउदी राजकुमारसँग निजी विमानमा बिताएको समयको पनि उल्लेख गरेकी छन् । उनका अनुसार जेद्दामा फ्लाइट अटेन्डेन्टलाई राजमहलभित्रै बास दिइन्थ्यो र शाही परिवारका सदस्यहरुसँग शारीरिक सम्बन्ध राखेबापत् नगद तथा सुन आदि प्रदान गरिन्थ्यो । यस क्रममा हरेक महिना ती युवतीहरुको एचआईभी जाँच गराइन्थ्यो । सास्कियाले लेखेकी छन्- एक अरबपति जर्मनका साथ काम गर्दा उनले पाल्तु सुगाको हेरचाहसमेत गर्नुपरेको थियो । किनभने ती अर्बपति त्यो सुगालाई निकै माया गर्थें ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया