सगरमाथाको फेदीमा बसेर अनुपम खेरको यस्तो ट्विट
नेपालखोज
२०७८ असोज ३१ गते २०:४५

काठमाडौं । बलिउडका उम्दा अभिनेता अनुपम खेरले सम्भवतः कुनै परिचयको आवश्यकता राख्दैनन्। अहिले उनी बलिउड चलचित्र उचाँइको छायांकनको क्रममा नेपालमा छन् । आराध्यदेव पशुपतिनाथको दर्शन पछि उनि चलचित्रको छायांकनका लागि सगरमाथा क्षेत्रमा पुगेका छन्।
अनुपमले नाम्चे बजारको आफू बसेको होटलबाट एउटा सुन्दर दृश्यसहितको ट्विटमा लेखेका छन् – म ती तमाम मानिसहरु प्रति कृतज्ञ छु, जसले मलाई मौकामा साथ छोडे, किनभने उनिहरुलाई विश्वास थियो ती सारा समस्या म एक्लैले समाधान गर्न सक्छु ।
सम्बन्धित

प्रतिक्रिया