शनिबार, वैशाख २९, २०८१

७ जिल्लाकाे यातायात सेवा ठप्प

नेपालखोज २०७८ कार्तिक १ गते ९:३९


काठमाडौं । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको भासु भीरमा पहिरो जाँदासडक अवरुद्ध भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी)वामदेव गौतमका अनुसार अहिले सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएका छन् ।

अहिले डोजरको सहायताले पहिरो पन्छ्याउने जारी छ । राजमार्ग खुल्न कम्तीमा पनि डेढ घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया