बुधबार, जेठ २, २०८१

नेपाल टेलिकमद्धारा आर्कषक प्याकेजहरु सार्वजनिक

नेपालखोज २०७८ कार्तिक १ गते ११:१३


काठमाडौं । नेपाल टेलिकमले अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार यो अफर कात्र्तिक एक गते अर्थात आजदेखि ९० दिनसम्म लागु हुने छ । यसअन्र्तगत निम्न लिखित प्याकेजहरु रहेका छन् ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यो अफर खरिद गरेपश्चात् शुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एया्ड अन प्याक को रुपमा खरिद गर्न सक्नेछन् ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन ।

यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रूपैयाँमा २ जिबी र ५० रूपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एया्ड अन प्याक कै रुपमा खरिद गर्न सक्नेछन् ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एया्ड अन प्याक खरिद गर्न सक्नेछन् ।

यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एया्ड अन प्याक कै रुपमा खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर
यसमा ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

प्रतिदिनका लागि उपलब्ध १ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एया्ड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर

यसमा जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एया्ड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर

यसमा जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एया्ड अन प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याके

यसमा जम्मा ५९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एया्ड अन प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आइपिटिभी अफर

यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ ।

यही सेवा वर्षको ४० एमबिपिएस १७,१०० रुपैयाँ र ८० एमबिपिएस २२,५०० रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट टप बक्स (एसटिबी) उपलब्ध गराउने छ ।

यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको ४,१०० मा ४० एमबिपिएसको ५,५०० मा र ८० एमबिपिएसको जम्मा ७,२०० मा उपलब्ध हुनेछ ।

मासिक रुपमा सेवा लिदा २५ एमबिपिएस १,४०० मा, ४० एमबिपिएस रु.१,८५० मा र ८० एमबिपिएस जम्मा २,४५० मा उपलब्ध हुनेछ ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु.१,०००मा, ४० एमबिपिएस डाटा रु.१,५०० मा र ८० एमबिपिएस डाटा २,००० रूपैयाँमा उपलब्ध हुनेछ ।

यी सेवाहरु ३ महिनाका लागि लिदा २५ एमबिपिएस डाटा २,८५० रूपैयाँमा, ४० एमबिपिएस लिंदा ४,२०० रूपैयाँमा र ८० एमबिपिएसलाई ५,५०० रूपैयाँमा लिन सकिनेछ ।

यो सेवा वार्षिकरुपले लिंदा २५ एमबिपिएसको १०,५०० रूपैयाँमा , ४० एमबिपिएसको रु.१५,३०० मा र ८० एबिपिएसको रु.२०,५०० मा उपलब्ध हुनेछ ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ ।

यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबिपिएसको रु.२४,८०० मा, ८० एमबिपिएसको रु.३२,८०० मा र १०० एमबिपिएसको रु.४०,८०० मा उपलब्ध हुनेछ ।

३ महिनाको लागि डाटा सेवा लिदा ५० एमबिपिएसको १२,६०० मा, ८० एमबिपिएको रु.१६,५०० मा र १०० एमबिपिएसको २०,००० रूपैयाँमा उपलब्ध हुनेछ ।

एक महिनाको लागि ५० एमबिपिएसको ४,५०० मा, ८० एमबिपिएसको ६,००० मा र १०० एमबिपिएसको ७,५०० मा उपलब्ध हुनेछ ।

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ ।

यसमा एक महिनाका लागि सेवा लिदा ५० एमबिपिएसको ५,१७८ रूपैयाँमा, ८० एमबिपिएसको रु.६,६७८ मा र १०० एमबिपिएसको ८,१७८ रूपैयाँमा उपलब्ध हुनेछ ।

३ महिनाको सेवा लिदा ५० एमबिपिएसको १४,५२३ रूपैयाँमा, ८० एमबिपिएसको रु.१८,४२३ मा र १०० एमबिपिएसको २१,९२३ रूपैयाँमा उपलब्ध हुनेछ ।

एक वर्षको सेवा लिदा ५० एमबिपिएसको रु.३१,३०९ मा, ८० एमबिपिएसको ३९,३०९ रूपैयाँमा र १०० एमबिपिएसको ४७,३०९ रूपैयाँमा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।

प्रतिक्रिया