सुनको मूल्य बढ्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ कार्तिक १ गते १२:३५

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया