शुक्रबार, जेठ ३, २०८२

उपत्यकामा आजदेखि नयाँ भाडादर, चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

नेपालखोज २०७८ कार्तिक १ गते १३:१५


काठमाडौं । सार्वजनिक सवारी साधनको नयाँ भाडादर आजदेखि लागु भएको छ। वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज (सोमबार)देखि लागु हुने गरी नयाँ भाडादर तोकेको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ ।

अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

प्रतिक्रिया