सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

नेपालखोज २०७८ कार्तिक १ गते १४:३८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज दिउँसो १ः४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाडौंलगायतका जिल्लामा पनि महसुस गरिएको छ ।

प्रतिक्रिया