भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा
नेपालखोज
२०७८ कार्तिक १ गते १८:०७

काठमाडौं । सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै बैठकले साफ च्यापियनसिप फुटबलमा उपविजेता भएका खेलाडीहरूलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया