सोमबार, असार १६, २०८२

को हुन् बिल गेट्सकी छोरीसँग विवाह गर्ने युवा ?

नेपालखोज २०७८ कार्तिक १ गते २१:५२

काठमाडौं । माइक्रोसफ्टकी उत्तराधिकारी तथा अर्बपति बिल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले विवाह गरेकी छन् । एक नीजि समारोहबीच मिश्रका ३० वर्षीय घोडसवार नयेल नासरसँग विवाह गरेकी हुन् । जेनिफर र नासरको विवाहको खुसीमा शनिबार दिउँसो एउटा रिसेप्सनको आयोजनासमेत गरिएको थियो ।

जेनिफर र नासर शुक्रबार विवाह बन्धनमा बाँधिएका थिए, जसलाई निकै गोप्य राखिएको थियो । उक्त विवाह समारोह न्युयोर्कको नर्थ सलेमस्थित १४२ एकड जमिनमा फैलिएको गार्डेनमा भएको थियो । जसमा करिब ३ सय मानिस सहभागी थिए ।

नासर र जेनिफरले २०१७ देखि एक-अर्कालाई डेट गरिरहेका थिए । उनिहरु दुवैले स्टेनफोर्ड युनिभर्सिटीबाट एकसाथ ग्रयाजुएसन गरेका थिए । सन् २०२० मा एक ट्रिपका क्रममा उनीहरुले विवाह गर्ने घोषणा गरेका थिए । जेनिफर इसाई र नासर मुस्लिम भए पनि उनीहरुको विवाहमा धर्मको बाधा खडा भएन् ।

शनिबारको रिसेप्सनमा बिल गेट्सले आफ्नी छोरी जेनिफरका साथ डान्स पनि गरेका थिए । बिल गेट्स र मेलिन्डाले आफ्नी २५ वर्षकी छोरी जेनिफरलाई हात समातेर एकसाथ सेरेमनी स्थलसम्म पुर्याएका थिए । स्मरण रहोस् बिल र मेलिन्डाले गएको अगस्तमा पारपाचुके लिएका थिए ।

यो विवाहको रिसेप्सनमा नजिकका साथीभाइ तथा नातेदारहरुलाई मात्र बोलाइएको थियो । त्यसमा केही सेलिब्रिटी र राजनेताहरु भने थिए । शुक्रवार रातिको समारोहमा फ्रेन्च सेफ जिन गर्जिसको डिस र पास्ता आदि पस्किएको बताइएको छ ।

विवाहका लागि यी दुई दिनको समारोहको व्यवस्थापन गर्ने जिम्मेवारी कहलिएका वेडिङ प्लानर मार्सी ब्लमलाई दिइएको थियो भने यो विवाहको अनुमानित खर्च दुई मिलियन यूएस डलर अर्थात् करिब २५ करोड रुपैयाँ भएको बताइन्छ ।

पारपाचुके लिए पनि बिल र मेलिन्डा दुवै विवाह समारोहमा एक साथ थिए । उनीहरुले सँगसँगै पाहुनाहरुको स्वागत गरिरहेका थिए । विवाह समारोमा निजी सुरक्षाको कडा प्रबन्ध थियो भने बर्दिधारी पुलिसकर्मी भने देखिएनन् ।

प्रतिक्रिया