शुक्रबार, वैशाख १४, २०८१

कस्ता हुन्छन् अक्टोबरमा जन्मिएका मानिस ?

नेपालखोज २०७८ कार्तिक २ गते ६:१३

ज्योतिष शास्त्रअनुसार व्यक्तिको जन्म महिनाअनुसार पनि मानिसको स्वभाव र जीवनबारे जानकारी लिन सकिन्छ । यो अक्टोबर महिनामा जन्मिएका मानिस केही अलग स्वभावका हुन्छन् । यिनीहरुको स्वभाव अरुको भन्दा भिन्न हुन्छ । यिनीहरु समझदार एवं मिलनसार हुन्छन् । खास कुरा के भने यो महिना जन्मिएकाहरु बढ्दो उमेरसँगै थप आकर्षक देखिन्छन् ।अक्टोबरमा जन्मिएका मानिसहरु निकै सावधानीपूर्वक बोल्छन् । यिनीहरुभित्र कुनै पनि समस्यालाई समझदारीका साथ समाधान गर्ने कला लुकेको हुन्छ । यिनीहरु राम्रा चिजबिजको सौखिन हुन्छन् भने यिनलाई कलात्मक र रचनात्मक पनि मानिन्छ । यिनीहरु अक्सर गरेर लेखन, फेसन डिजाइनिङ, इन्टेरियर डिजाइनिङ आदि क्षेत्रमा आफ्नो करियर बनाउन सफल भएको पाइन्छ ।

मिलनसार भएका कारण यिनीहरु जो कसैसँग मित्रता गाँस्न सक्छन् । यिनीहरु शाही रहनसहन रुचाउँछन् भने व्यवस्थित जीवन मन पराउँछन् ।

प्रेमको मामिलामा यिनिहरु परफेक्ट लभ पार्टनर साबित हुन्छन् । नाता-सम्बन्धलाई पूरा इमाननदारीसाथ निर्वाह गर्छन् । यिनीहरुको प्रेम गर्ने शैली पनि केही अलग हुन्छ । यिनीहरु आफ्नो पार्टनरलाई ‘स्पेसल फिल’ गराउन कुनै कसर बाँकी राख्दैनन् ।

यो महिना जन्मिएका मानिसहरु कुनै पनि विषयमा तत्काल प्रतिक्रिया व्यक्त गर्नबाट जोगिन्छन् । यिनीहरु कुनै पनि कुरा निकै सोचेर बुझेर मात्र गर्छन् । यो महिना जन्मिएकाहरु भिडबाट हटेर आफ्नो अलग पहिचान कायम गर्न सफल हुन्छन् । यिनीहरुमा कुनै पनि कुराको परख गर्नसक्ने क्षमता हुन्छ । निकै क्रिएटिभ हुनुका साथ करियरमा सफलता हात पार्नु यिनीहरुको विशेषता हो । यिनीहरु भाग्यमानी तथा खुसमिजासी पनि मानिन्छन् ।

अक्टोबर महिनामा जन्मनेहरु केही रहस्यमय प्रकारका पनि हुन्छन् जसका कारण कतिपय अवस्थामा मानिसहरुले यिनीहरुबारे गलत धारणासमेत बनाउँछन् । यिनीहरु निकै सेन्सेटिभ त हुन्छन नै साथमा आफ्ना कुरा खुलेर भन्न हिचकिचाउने खालका पनि हुन्छन् ।

यिनीहरुलाई कुनै पनि कुराले तत्काल प्रभावित गर्दैन भने कुनै कुरालाई यिनीहरु झट्टै मन पनि पराउँदैनन् । यिनीहरु रिसलाई नियन्त्रण गर्न सक्दैनन् र त्यसको नोक्सानी पनि आफैं बेहोर्छन् ।

प्रतिक्रिया