बिहीबार, वैशाख १३, २०८१

एप्पललाई पछि पार्दै सामसुङ, पछ्याउँदै शाओमी

नेपालखोज २०७८ कार्तिक २ गते १३:५७

काठमाडौं । ग्लोबल स्मार्टफोन मार्केटमा सामसुङ फेरि एकपटक एप्पललाई उछिन्दै संसारको नम्बर-१ स्मार्टफोन कम्पनी भएको छ । नयाँ तथ्यांकअनुसार दोस्रो नम्बरमा एप्पल छ भने तेस्रो नम्बरमा शाओमी छ ।

रिसर्च फर्म एनालालिसले जारी गरेको २०२१ को तेस्रो त्रैमासिकको तथ्यांकअनुसार स्मार्टफोन मार्केटमा सामसुङको बजारले २३ प्रतिशत भाग ओगटेको छ । यसैगरी एप्पलको मार्केट सेयर १५ प्रतिशत तथा शाओमीको १४ प्रतिशत छ । १० प्रतिशत मार्केट सेयरका साथ भिभो चौथो नम्बरमा तथा ओप्पो पाँचाैं नम्बरमा छ ।

गएको त्रैमासिकमा ग्लोबल स्मार्टफोन बजारमा ६ प्रतिशत गिरावट देखिएको छ । यो गिरावटको प्रमुख कारण चिपको कमी भएको बताइन्छ । यसबीच चिप निर्माता कम्पनीहरुले चिपको मूल्यसमेत वृद्धि गरेका छन् जसका कारण आगामी दिनमा स्मार्टफोनको मूल्य पनि बढ्नेछ ।

आइफोन-१२ र आइफोन-१३ को बिक्री ग्लोबल स्तरमै राम्रो छ तर सामसुङसँग धेरै स्तरका धेरै प्रकारका फोन छन् । यसअघि जुनमा शाओमी संसारकै नम्बर एक स्मार्टफोन कम्पनी बनेको थियो । त्यतिबेला शाओमीले आफ्नो ११ वर्षको इतिहासमा सबैभन्दा बढी स्मार्टफोन बेचेको थियो ।

प्रतिक्रिया