शनिबार, फागुन १२, २०८०

व्यावसायिक मेलमिलाप केन्द्रको विस्तार गर्छौं : शेखर गोल्छा

नेपालखोज २०७८ साउन २४ गते १२:५४

काठमाडौं । मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आप्mनो भूमिका विस्तार गर्ने भएको हो ।

महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा चन्द्रागिरीमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्धति विषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले उक्त धारणा राखेका हुुन् । मेलमिलाप केन्द्र केही पहिला महासंघमा स्थापना भएको हो, उनले भने । अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्धतिको अवलम्वन र विस्तार आवश्यक रहेको बताए । महासंघले यसको नेतृत्व गर्न सक्छ, उनले भने । सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र विकासमा सहयोग पु¥याउने बताए ।

कानुन मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलाप सम्बन्धी विज्ञको अभाव रहेकोले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए । उक्त कार्यक्रममा पूर्व न्यायाधीश विनोद शर्माले सिंगापुर अभिसन्धी र यसलाई नेपालले अपनाउ“दा हुने फाइदाबारे जानकारी गराएका थिए । अर्का कार्यपत्र प्रस्तोता भद्रकाली पोखरेलले मेलमिलाप पद्धतिलाई कार्यालय तहमा पनि विस्तार गर्न सकिने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताए । धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छौं, उनले भने । कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई एवं कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महासंघका विभिन्न समिति र फोरमका सभापतिहरूको सहभागिता थियो ।

प्रतिक्रिया