बुधबार, वैशाख १२, २०८१

रियलमीको जीटी नियो-टुका फिचर यस्ता !

नेपालखोज २०७८ कार्तिक २ गते ९:०१

काठमाडौं । यो अंग्रेजी वर्षको सुरुवातमा रियलमीले चीनमा आफ्नो नयाँ फोन जीटी नियो फाइभ-जी लन्च गरेको थियो । अहिले आएर कम्पनीले रियलमी जीटी नियो-टु सार्वजनिक गर्ने भएको छ । यो फोन आज दिउँसो अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदै छ । यो फोनसँगै रियलमीको अर्को फोन रियलमी क्यू-थ्री-एस पनि बजारमा आउनेछ ।

पातलो र हल्का फोन
रियलमी जीटी नियो-टुलाई जीटी सिरिज अन्तर्गत ओरिजिनल जीटी नियोपछिको प्रिमियम फोन बताइएको छ । रिपोर्टअनुसार यो फोन निकै हल्का र पातलो हुनेछ ।

रियलमी जीटी नियो-टुको खास विशेषता
यो फोनको फ्रन्टमा नयाँ बेजलका साथ एउटा ठूलो डिस्प्ले र फ्रन्ट-फेसिङ क्यामेराका लागि एक पन्च-होल कटआउट रहेको छ । यसको पछाडि क्यामेरा मान्युल छ जसमा एलईडी फ्लासका साथ तीनवटा क्यामेरा दिइएको छ । यसको तल्लो भागमा स्पिकर ग्रिल र यूएसबी टाइप-सी पोर्ट देखिन्छ । यसको बाँयातर्फ भोल्युम कन्ट्रोल बटन छ भने पावर बटन दायाँ कर्नरमा छ ।

स्पेसिफिकेसन्स
रिपोर्टअनुसार रियलमी जीटी नियो-टुमा ६.६२ इन्चको फुलएचडी प्लस डिस्प्लेकासाथ १२० हर्ज सम्मको रिफ्रेस रेट प्राप्त हुनेछ । यो स्मार्टफोनमा एउटा इन-डिस्प्ले फिङरप्रिन्ट सेन्सर पनि रहनेछ जसमा पंन्च-होल कटआउट हाउसिङ सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइनेछ ।

ब्याट्री
यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेजकासाथ एउटै स्टोरेज भेरियन्टमा बजारमा पठाइने बताइँदै छ । रिपोर्टहरुका अनुसार यो स्मार्टफोन इन्ड्रोइड ११ मा रियलमेयुआई २.० मा चल्नेछ । जीटी नियो-टु आउट अफ द बक्स फास्ट चार्जिङलाई सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रीका साथ आउने सम्भावना छ ।

रियलमि जीटी नियो-टुको क्यामेरा
जीटी नियो-टुमा ६५ एमपीको मुख्य क्यामेराकासाथ एक रियर ट्रिपल क्यामेरा सेटअप पनि दिईने कुरा बताइदैछ । यसको प्राइमरी सेन्सरलाई ८ एमपी अल्ट्रा-वाइड र २ एमपी माईक्रो क्यामेरासँग जोडिएको छ ।

प्रतिक्रिया