शनिबार, जेठ ५, २०८१

१६ अंकले नेप्से बढ्दा ६९ करोड ७३ लाखको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक १४ गते १५:४२

काठमाडौं । तिहारको लामो बिदापछि आज (सोमबार) पहिलो दिन खुलेको नेप्से उत्साहजनक देखिएको छ । नेप्से आज १६ दशमलव ३९ अंकले बढेर १८ सय ७४ दशमलव ८७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९३ अंकले बढेर तीन सय ७० दशमलव ८६ अंकमा पुगेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको १७ हजार सात सय ४८ पटकको कारोबारमा २५ लाख ७४ हजार नौ सय ४५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा बिकास बैंक समूहको सूचक१३ दशमलव सात अंकले घटेर बाँकी समूहको सूचकबढेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव नौं अंकले बढेर १३ सय ४१ दशमलव ३१ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचकपनि एक दशमलव ९७ अंकले बढेर १९ सय १७ दशमलव ५२ अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक २३ दशमलव ५५ अंकले बढेर सात हजार पाँच सय २० दशमलव ३३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक २५ दशमलव ४१ अंकले बढेर आठ हजार सात सय आठ दशमलव ५७ अंकमा चढेको छ । यि बाहेक फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक बढेका छन् ।

नेप्सेमा सोमबार सयपत्री हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय १५ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा अपर हेवाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १६ प्रतिशतले घटेर तीन सय ३९ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता ६ सय ६० रुपैयाँ अन्तिम मूल्यमा ६ करोड १७ लाख २१ हजार दुई सय ३२ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया