प्रदेश १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । देशभरका अधिकांश भू-भागमा आज सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भएको छ भने राजधानी उपत्यकाका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।
हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यसैगरी भोलि (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकीका थोरै र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति भने देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी का थोरै स्थानमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । महाशाखाका अनुसार प्रदेश १ र २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी पर्सि (बिहीबार) दिउँसो प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनीमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानका साथै वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । यस्तै महाशाखाले सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।
फाइल तस्बिर ।

प्रतिक्रिया