थानकोटमा पल्टियो ग्यास ट्यांकर, सडक अवरुद्ध

नेपालखोज २०७८ कार्तिक २ गते ७:०७

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेपछि सडक अवरुद्ध भएको छ ।

अहिले सयौं सवारीसाधन बीच बाटोमा नै रोकिएको थानकोट प्रहरीले जनाएको छ ।

गएराती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया