स्वास्थ्य मापदण्ड पालना गरी दिवस मनाउन प्रधानमन्त्रीकाे आग्रह
नेपालखोज
२०७८ कार्तिक २ गते ९:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुहम्मद दिवसको अवसरमा सम्पूर्ण मुस्लिम समूदायलाई शुभकामना दिएका छन् । मुस्लिम धर्मावलम्बीहरूको धर्म हजरत मुहम्मद सल्लल्लाहो अलैहोकोे जन्म दिनमा महम्मद जयन्ती मनाउने गरिन्छ ।
दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सब समुदायहरुबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
उनले कोरोना भाइरस महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दिवस मनाउन आग्रह पनि गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदासमेत दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया