भारतमा १३ हजार ५८ संक्रमित थपिए

नेपालखोज २०७८ कार्तिक २ गते १४:०९

काठमाडौं । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रिमत थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार (आज) जानकारी दिएको छ ।

यो संख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो संख्या २२७ दिन यताको सव भन्दा कम भएको पनि जनाइएको छ ।

हाल सक्रिय संक्रमित संख्या कूल संक्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएयता हाल संक्रमण मुक्त दर ९८.१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ । रासस

प्रतिक्रिया