शनिबार, जेठ ५, २०८१

२५ सय अंकमा झर्‍याे नेप्से, ३ अर्ब ७८ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक २ गते १५:२९

काठमाडौं । नेप्से २५ सय अंकमा झरेको छ । अघिल्लो दिन ६९ दशमलव ५१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पुनः ७७ दशमलव ३३ अंकले घटेर २५ सय १० दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २८ अंकले घटेर चार सय ७१ दशमलव ९१ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २१ वटा कम्पनीहरुको ५४ हजार चार सय ५२ पटकको कारोबारमा ९५ लाख ७५ हजार छ सय एक कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ७८ करोड ३४ लाख २२ हजार नौ सय ९५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ५१ दशमलव ६६ अंकले घटेर १७ सय ७३ दशमलव ४२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक पनि एक सय ९४ दशमलव ९७ अंकले घटेर ४५ सय १० दशमलव ४६ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि तीन सय १४ दशमलव आठ अंकले घटेर ११ हजार दुई सय ५८ दशमलव २३ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय २८ दशमलव ३९ अंकले घटेर १४ हजार दुई सय ६२ दशमलव ८३ अंकमा पुगेको छ ।

यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, जलविद्युत, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ४९ प्रतिशतले बढेर १९ सय २० रुपैयाँमा कारोबार हुँदा नेपाल हाइड्रो पावर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७७ प्रतिशतले घटेर तीन सय ८८ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड १२ लाख ९५ हजार पाँच सय ४३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया