आरजु राणाले भनिन्- बाढीले पुर्याएको क्षतिप्रति दुःखी छु

कैलाली । नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्रीपत्नी आरजु राणाले सुदूरपश्चिम प्रदेशका बाढी तथा पहिरोपीडितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था मिलाउन माग गरेकी छन् ।
कैलाली क्षेत्र नम्बर ५ की उम्मेद्वारसमेत रहेकी राणाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रहरुमा परेको अविरल वर्षाका कारण भएको बाढी, पहिरो, डुबान र नदी कटानले ठूलो धनजनको क्षति हुनुका साथै अन्न बालीको पनि नोक्सानी भएको प्रति निकै दु:खी बनाएको बताएकी छन् ।
सामाजिक संजालमा उनले लेखेकि छन्- ‘सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रहरुमा परेको अविरल वर्षाका कारण भएको बाढी, पहिरो, डुबान र नदीकटानले ठूलो धनजनको क्षती हुनुका साथै अन्न बालीको पनि नोक्सानीको खबरले दुखी भएको छु। प्रकोपको यो विषम परिस्थितिमा संयमित भएर सबै सुरक्षित रहन हुन अनुरोध गर्दै तत्काल राहत, उद्दार र क्षतिपुर्तिको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ जय नेपाल ।


प्रतिक्रिया