बाढी पहिरो र डुबानबाट प्रभावितलाई छिटाे उद्धार गर्न आग्रह

नेपालखोज २०७८ कार्तिक २ गते १६:४२

काठमाडाैं । कांग्रेस नेता प्रकाशमान सिंहले देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो र डुबानबाट प्रभावितलाई राहत दिन र छिटाे उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, ‘सुदूरपश्चिम लगायत देशका  विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार  तथा राहतको व्यवस्था गर्ने सरकार को गम्भीर ध्यानाकर्षण गराउँदछु ।  साथै  बाढी पहिरो र डुवानमा परेकाहरुको सहयोमा जुट्न पनि स्थानीय तहका पार्टीका साथिहरु लाई अनुरोध गर्दछु ।’

No description available.

प्रतिक्रिया