कोसी ब्यारेजका ४२ ढोका खोलिए, सतर्क रहन आग्रह

नेपालखोज २०७८ कार्तिक ३ गते १०:१२


काठमाडौं । पानीको बहाब बढेसँगै कोसी ब्यारेजका ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भए पछि सतर्कताको सूचक रातो बत्ती बालिएको छ ।

बुधबार (आज) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव २ लाख ६१ हजार क्युसेक रहेको जनाएको छ ।
बहाब बढेसँगै नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया