बाढीपहिरोमा घाइते हुनेकाे निःशुल्क उपचार गर्न प्रचण्डकाे माग

नेपालखोज २०७८ कार्तिक ३ गते १२:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा परेकाको उद्धार गर्न माग गरेका छन् ।

बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै बाढिपहिरोमा परेकाहरुको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

बाढीपहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

बाढी र पहिरोबाट मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन उनले माग गरेका हुन्।

अध्यक्ष प्रचण्डले विपतमा ज्यान गुमाएकाहरूमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया