मृत्यु हुनेको संख्या ५२ पुग्यो, ३१ जना बेपत्ता

नेपालखोज २०७८ कार्तिक ३ गते १५:०६

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परि देशभर मृत्यु हुनेको संख्या ५२ पुगेको छ, भने ३१ जना बेपत्ता भएका छन् । देशभरका विभिन्न क्षेत्रमा आइतवारदेखि भएको भारी वर्षाका कारण यतिबेला बाढी, पहिरो तथा डुबानले बितान्डा मच्चाएको छ । यतिबेला बाढी पहिरोमा परेकाहरुको खोज तथा उद्धारकार्य तिव्ररुपमा भैरहेको छ ।

गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना, इलाममा ११ जना, हुम्ला, धनकुटा र पाँचथरमा छरछ जना रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

त्यस्तै पहिरोमा परेर बझाङमा २३ जना, प्युठानमा दुई र इलाममा पाँच जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य तथा उद्धार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया