भक्तपुरमा आजबाट दसैँ विसर्जन
नेपालखोज
२०७८ कार्तिक ३ गते १६:२२

काठमाडाैं । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज भक्तपुरमा नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।
खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो ।
सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए । रासस
सम्बन्धित

प्रतिक्रिया