शुक्रबार, वैशाख ७, २०८१

खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालियाे

नेपालखोज २०७८ कार्तिक ३ गते १६:३३

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दसैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् ।

दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए ।

उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको उनले भनाइ छ ।

उनले गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसिबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए ।

यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रा.लि.मा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताए ।

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकारपक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए ।

यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसिबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया