नेपालस्थित बंगलादेशको दूतावासअघि प्रदर्शन

नेपालखोज २०७८ कार्तिक ३ गते १८:३७

काठमाडौं । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दुताबास अगाडी प्रदर्शन गरिएको छ ।

हालै बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक माथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधवार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले नेपालका लागि बंगलादेशी दुताबास अगाडी प्रदर्शन गरेको हो । संघले बंगलादेशी राजदुतलाई भेटेर ज्ञापन पत्र पनि बुझाएको छ ।

प्रदर्शनका क्रममा संम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनैपनि देशका जनताहरुले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफुहरुले राजदुतलाई राखेको बताए । बंगलादेशमा अक्टोवर १३ देखि १५ को बिचमा साम्प्रदायिक हिंसा भएको र हिन्दुहरुमाथि योजनावद्ध रुपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सय भन्दा बढी घर जलाइएको संघले जनाएको छ ।

प्रतिक्रिया